PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मैत्रीपूर्ण भलिबल खेल : नेपाल निलो विजयी



मैत्रीपूर्ण भलिबल खेल : नेपाल निलो विजयी

काठमाडौं: ओलम्पिक डे २०१९ को अवसरमा भएको मैत्रीपूर्ण भलिबल खेलमा नेपाल निलो टिम विजयी भएको छ।
विश्वभर मनाइने ओलम्पिक डे को अवसरमा आजदेखि नेपालमा पनि विभिन्न कार्यक्रम सुरु भएको छ। त्यही अवसरमा नेपाल भलिबल संघले शनिवार आयोजना गरेको खेलमा नेपाल निलोले नेपाल रातोलाई २-१ को सेटमा हरायो।

लगनखेलस्थित नेपाल सैनिकको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको खेलमा पहिलो सेट नेपाल निलोले २५-२३ ले जितेको थियो। दोस्रो सेट नेपाल रातोले २५-२१ ले जित्दै खेल बराबरी गरेको थियो। तर तेस्रो सेट १५-१३ ले जित्दै नेपाल निलोले खेल जितेको हो।

नेपाल रातोको कप्तानी राष्ट्रिय टिमका कप्तान इम रानाले गरेका थिए भने नेपाल निलोका कप्ताद्दी कुलबहादुर थापाले गरेका थिए।

नेपालमै आगामी साउन ३२ देखि सुरु हुने पाँचौ एभिसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल च्याम्पियनसिपका लागि क्लोज क्याम्पमा रहेका खेलाडीबाट नेपाल रातो र नेपाल निलो गरी दुई टिम बनाइएको थियो।

क्याम्पमा २५ जना भएपनि भैरव बम यस खेलमा उपस्थित थिएनन्। बाँकी २४ लाई दुई टिममा बाँडिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell