PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

गुठी विधेयकको विरोधमा घण्ट र डमरु बजाएर काठमाडौंमा सांकेतिक र्‍याली

गुठी विधेयकको विरोधमा घण्ट र डमरु बजाएर काठमाडौंमा सांकेतिक र्‍याली

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं :  सरकारले संसदमा दर्ता गराएको गुठी विधेयको विरुद्ध काठमाडौंमा विगत एक हप्ता देखि विरोध प्रदर्शन भइरहेको छ।

आइतवार माइतीघरबाट सुरु भएको सांस्कृतिक सडक आन्दोलनमा प्रहरीदे हस्तक्षेप गरेपछि आन्दोलनले थप बल पाउँदै गएको छ।

आज काठमाडौंको यंगालबाट घण्ट ,सिठ्ठी, डमरु र भुस्या बजाएर विधेयको विरोधमा सांकेतिक र्‍याली आयोजना गरियो।

राष्ट्रिय पहिचान संरक्षण संयुकत संघर्ष समितिको आयोजना भएको सांकेतिक विरोध र्‍याली यंगालबाट सुरु भएर लगन,ब्रहमटोल,ह्युमत,जैशीदेवल,मजीपात, भिमसेनस्थान, ढोका टोल, नरदेवी, क्षेत्रपाटी , बांगेमुढा,इन्द्रचोक, न्यूरोड हुँदै जुद्ध शालिकमा पुगेर कोण सभामा परिणत भएको थियो।

एक हप्ता भइसक्दा पनि सरकार कानमा तेल हालेर बसिरहेको र आन्दोलनको माहौललाई उत्तेजित बनाउन लागिपरेको भन्दै घण्ट, डमरु, भुस्या लगायतका बाजा बजाएर सांकेतिक विरोध प्रदर्शन गरेको राष्ट्रिय पहिचान संघर्ष संयुक्त समितिका संयोजक गणपतिलाल श्रेष्ठले बताए।

कार्यक्रममा सहभागी भएका नेवा: देय् दबूका अध्यक्ष नरेश ताम्राकारले सरकारले माइतीघरमा शान्तिपूर्वक आन्दोलनलाई दमन गरेको भन्दै अब आउने असार ४ गते माइती घरमा शक्ति प्रदर्शन गर्ने बताए।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell