PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बार्सिलोका नेपाली समर्थकहरुको भेला



पहिलोपोस्ट

बार्सिलोका नेपाली समर्थकहरुको भेला

काठमाडौं : स्पानिस फुटबल क्लब बार्सिलोनाका नेपालमा रहेका समर्थकहरुको पहिलो भेला सम्पन्न भएको छ। ‘एफसी बार्सिलोना फ्यान अफ् नेपाल’ नामक फेसबुक समूहमा रहेका समर्थकहरुले शनिवार काठमाडौंमा पहिलो भेला सम्मा गरेका हुन्।

भेलाले नेपाली फुटबल र सामाजिक क्षेत्रमा कसरी सहयोग पुगाउने भन्ने विषयमा छलफल पनि गरेको छ। यस अघि सामाजि संञ्जालमा सक्रिय भएको समूहले आगामी दिनमा फुटसल तथा फुटबल क्षेत्रमा योगदान गर्ने निर्णय पनि गरेको छ। 'पहिले सामाजिक संञ्जालमा मात्र सक्रिय थियौँ, अव सामाजिक तथा नेपाली फुटबल क्षेत्रमा पनि सक्रिय भएर केही योगदान गर्नेछौँ,' भेलामा समूहका 'एड्मिन' कविराज श्रेष्ठले भने।

भेलामा काठमाडौंस्थित बार्सिलोनाका समर्थकहरुको सहभागिता रहेको थियो। साथै भेलाले आगामी सिजन २०१९–२० का लागि केटीएम स्पोर्टस जोनसँग जर्सीका लागि र खेलपाटीसँग मिडिया पार्टनरको लागि सम्झौता गरेको छ।

सम्झौता अनुसार केटीएम स्पोर्टस जोनले समूहलाई पूरै सिजन बार्सिलोनाका हरेक खेलमा एक–एक वटा जर्सी उपलब्ध गराउने छ। ‘एफसी बार्सिलोना फ्यान अफ् नेपाल’ बार्सिलोनाका नेपाली समर्थकहरूको सबैभन्दा ठूलो समूह हो। सो समूहमा १ लाख ७५ हजारभन्दा बढी सक्रिय सदस्य छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell