PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राष्ट्रिय स्केटबोर्ड : गजेन्द्र र पेम्बा च्याम्पियन



राष्ट्रिय स्केटबोर्ड : गजेन्द्र र पेम्बा च्याम्पियन

काठमाडौं : गजेन्द्र बर्देवा र पेम्बा श्रेष्ठ तेस्रो राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।

नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघको आयोजनामा शनिबार नयाँ बजारस्थित केटिएम स्केटिङ पार्कमा सम्पन्न च्याम्पियनसिपको फ्रिस्टायल विधामा पुरुषतर्फ गजेन्द्र र महिलामा पेम्बा च्याम्पियन भएका हुन्। ओलम्पिक डेको अवसरमा आयोजित च्याम्पियनसिपमा गजेन्द्रले ७९ स्कोर ल्याउँदा आफ्नो निकटम् प्रतिद्वन्द्वी धिरज परियारलाई ८ अंकले पछि पारेका थिए।

त्यस्तै तेस्रो भएका समिर विल्सनले ७१.७ स्कोर ल्याएका थिए। शीर्ष तीनले क्रमशः ५ हजार, २५ सय र १५ सय रुपैयाँ प्राप्त गरे। महिलातर्फ पेम्बा श्रेष्ठले १८ स्कोर ल्याइन्। दोस्रो स्थानमा सीमित लोरिन राईले १४.५ स्कोर ल्याइन्। सलिना राई तेस्रो हुँदा ९.५ स्कोर ल्याएकी थिइन्।

दुईदिन सम्म सञ्चालन भएको च्याम्पियनसिपमा शुक्रबार छनोट चरणका खेल भएका थिए। अन्तिम दिन भने छनोट चरण पार गरेर महिलातर्फ ५ र पुरुषतर्फ १६ खेलाडीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताका विजेतालाई नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले पुरस्कृत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell