PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

युक्रेनले जित्यो फिफा यू-२० विश्वकपको उपाधि



युक्रेनले जित्यो फिफा यू-२० विश्वकपको उपाधि

युरोपियन राष्ट्र युक्रेन फिफा यू-२० विश्वकपको नयाँ च्याम्पियन बनेको छ। पोल्याण्डमा भएको युवा विश्वकपको फाइनलमा युक्रेनले एसियाली राष्ट्रि दक्षिण कोरियलाई ३-१ ले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो।

सुरुमै एक गोलले पछि परेको युक्रेनले पुनरागमन गर्दै जित हात पारेको हो।

भ्लादिस्लाभ सुप्रिएहाले २ तथा हिओर्ही तिताइसभिलीले १ गोल गरे। दक्षिण कोरियाका ली कान यीनले एक गोल गरे।

खेलको पाँचौ मिनेटमै ली कानले पेनाल्टीमा गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएका थिए। तर त्यो लामो समय टिकेन। सुप्रिएहाले ३४औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे। सुप्रिएहाले ५३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि युक्रेनले अग्रता बनायो। खेल सकिन एक मिनेट बाँकी रहेको बेला तिताइसभिलीले गोल गरेपछि युक्रेनले पुनरागमन जित हात पार्‍यो।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका कोरियाका लि कान इन उत्कृष्ट खेलाडी घोषित भए। उनले गोल्डेन बल पाए। युक्रेनका सेर्ही बुलेट्साले शिल्भर र इक्वेडरका गोन्जालो प्लाटाले ब्रोन्ज बल पाए।

यस्तै एकै खेलमा ९ गोल गरेका नर्वेका इर्लिङ हलान्डले सर्वाधिक गोलकर्ता हुँदै गोल्डेन बुट जिते। युक्रेनका एन्ड्री लुनिनले गोल्डेन ग्लोभ्स हात पारे भने फेयर प्लेको अवार्ड जापानले पायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell