PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

युरोप भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली



पहिलोपोस्ट

युरोप भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली
फाइल फोटो

काठमाडौँः ९ दिने युरोप भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। जेठ २५ गते युरोपका तीन देश स्वीट्जरल्याण्ड, संयुक्त राज्य (बेलायत) र फ्रान्सको भ्रमणमा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरी स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका थिए। जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलन उच्चस्तरीय शत्रमा सम्बोधन गर्दै २७ गते बेलायत गएका थिए। त्यहाँ रहँदा प्रधानमन्त्री ओलीले बेलायती समकक्षी थेरेसा मेसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

त्यस्तै वेल्सका राजकुमारसँग शिष्टाचार भेट गरेका थिए। बेलायतमा प्रधानमन्त्री ओलीले बेलायती गोरखा सैनिकको मुख्यालयमा पुगेका थिए।

बेलायतबाट भूमिगत रेल चढेर प्रधानमन्त्री ओली फ्रान्स पुगेका थिए। त्यहाँ उनले फ्रान्सेली समकक्षी एडवर्ड फिलिपेसँग भेटवार्ता गरेका थिए।

पेरिसबाट पुनः जेनेभा पुगेका प्रधानमन्त्री ओलीले युरोपमा रहेका नेपाली राजदूतहरुलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले नेपालले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्नका लागि आफ्नो ठाउँबाट भूमिका खेल्न निर्देशन दिएका थिए।

जेनेभाबाट हिजो नेपालका लागि प्रस्थान गरेका प्रधानमन्त्री ओली आज बिहान नेपाल आइपुगेका हुन्। ९ दिने भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई स्वागत गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेललगयतका उच्च सरकारी अधिकारीहरु विमानस्थल पुगेका थिए।

प्रधानमन्त्रीले आफ्नो भ्रमण सफल भएको प्रतिक्रिया विमानस्थलमा सञ्चारकर्मीलाई दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell