PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चलचित्रकर्मी होसियार! अब प्रनेश गौतमको ठाउँमा तपाई हिरासतमा बस्नुपर्ला : गगन थापा



चलचित्रकर्मी होसियार! अब प्रनेश गौतमको ठाउँमा तपाई हिरासतमा बस्नुपर्ला : गगन थापा

काठमाडौं: नेपाली कांग्रेसका सांसद गगन थापाले सुचना प्रविधि विधेयकको विरोध गर्दै प्रनेश गौतमलाई चलचित्रको समीक्षा गरेकै भरमा हिरासतमा लिएकोमा विरोध गरेका छन्। आजको प्रतिनिधि सभाको बैठकमा सांसद थापाले सरकारले आफ्नो दम्भ देखाएर जनताको मुख थुन्न खोजेको आरोप लगाए ।

नेपालमा अभिव्यक्ति स्वतन्त्रताको अवस्था दर्दानक बन्दै गएको उल्लेख गर्दै उनले ह्युमरको विधामा चलचित्रको समीक्षा गर्दा केही दिनदेखि हिरासतमा राख्नु आपत्तिजनक भएको बताए।

सुचना प्रविधि विधेयक र मिडिया काउन्सिलसम्बन्धी विधेयककोले अब चलचित्रकर्मी पनि सुरक्षित नरहेको थापाको भनाई थियो । उनले भने, 'चलचित्रकर्मी साथीहरु त्यसकारणले गर्दा होसियार। तपाईको कथा संवाद गीतमा अब कसैलाई जिस्क्याउने कन्टेन्ट छ भनेर प्रदेश गौतमको ठाउँमा अब हिरासतमा अब सम्भवत तपाई बस्नुपर्ला ।  त्यो पनि अब केही दिनका लागि हैन पाँच वर्षका लागि ।'

अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लड्ने असुरक्षित रहे पनि सरकारको अरिंगालहरु भने सुरक्षित रहेको थापाको दाबी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell