PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमालामा पक्राउ



अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमालामा पक्राउ

ग्वाटेमाला: मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ।
 
प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको एक बस स्टेशनबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। उनीहरुले होन्डुरसबाट ग्वाटेमाला प्रवेश गर्ने गरी बसमा यात्रा गरेको बताइएको छ। प्रवक्ता कास्टिल्लोले पक्राउ परेकामा छ जना महिना र एक जना बच्चा पनि रहेको जानकारी दिए।

पक्राउ परेकामध्ये २० जना हैटीका र चार जना गिनीका रहेका छन्।

प्रहरीले पक्राउ गरिएका सबै आप्रवासीलाई ग्वाटेमालाको राजधानीस्थित अस्थायी शिविरमा ल्याइएको जनाएको छ।

गत वर्ष मेक्सिको–अमेरिका सीमामा भेला भएका ठूलो संख्याका आप्रवासीहरु ग्वाटेमाला हुँदै गएका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई नरोके अमेरिकी सहायता बन्द गर्ने चेतावनी दिएका छन्।

गत शुक्रबार पनि प्रहरीले क्यामरुन र बुर्किनाफासोका १३ जना आप्रवासीलाई ग्वाटेमालाको सीमामा पक्राउ गरिएको थियो। रासस/एएफपी 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell