PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

उपमेयर कप महिला फुटबल : पुजा एक्लैले गरिन् १० गोल, बाँसगढीको फराकिलो जित



पहिलोपोस्ट

उपमेयर कप महिला फुटबल : पुजा एक्लैले गरिन् १० गोल, बाँसगढीको फराकिलो जित

काठमाडौं : पुजा रानाले एक्लैले तेहेरो ह्याट्रिक गरेपछि बर्दियाको बाँसगढी नगरपालिकाले प्रथम उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा फराकिलो जित हात पारेको छ।

राष्ट्रिय टिमकी सदस्य समेत रहेकी युवा स्टार पुजाले तेहेरो ह्याट्रिकसहित १० गोल गरेपछि आइतवार बाँसगढीले शम्भुनाथ नगरपालिकालाई १९-० को फराकिलो अन्तरले पराजित गरेको हो।

पहिलो खेलमा तुल्सीपुर उपमहानगरपालिकासँग २-२ को बराबरी खेलेको बाँसगढीको यो पहिलो जित समेत हो।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा भएको खेलमा पुजा एक्लैले १० गोल गर्दा  लक्ष्मी चन्द र सुरक्षा सुखरियाले ह्याट्रिक गरिन्। यस्तै गोलकिपर अन्जना रानामगरले २ तथा नानुमाया क्षेत्रीले १ गोल गरिन्। अन्जना पनि राष्ट्रिय टिमकी सदस्य हुन्।

आइतवारै भएको अर्को खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले दाङको घोराही नगरपालिकालाई ५-० ले पराजित गरेको छ। वालिङको यो लगातार दोस्रो जित हो। वालिङको लागि अस्मिता रानपालले २ गोल गरिन् भने शान्ता नेपाली, सरस्वती हमाल र मनमाया दमाईले १-१ गोल गरिन्।

लगातार दोस्रो जितपछि वालिङ समूह ए मा ६ अंक जोड्दै शीर्ष स्थानमा छ। एक जित र एक बराबरीपछि बाँसगढी ४ अंकका साथ दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell