PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाल बास्केटबल लिग : प्लेअफ खेल सुरु, पुलिसले गोल्डेनगेटलाई पहिलो खेलमा हरायो



पहिलोपोस्ट

नेपाल बास्केटबल लिग : प्लेअफ खेल सुरु, पुलिसले गोल्डेनगेटलाई पहिलो खेलमा हरायो
पुलिसका विकास गुरुङ

काठमाडौं : प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसीएन) ले आयोजना गरिरहेको क्वीक्स नेपाल बास्केटबल लिग (एनबीएल) को प्लेअफ राउण्डका खेलहरु आजबाट सुरु भएका छन्।

८ टिम सहभागि लिगमा होम एण्ड अवेको आधारमा लिग चरणको खेलपछि शीर्ष चारमा रहने टिम प्लेअफ पुगेका हुन्।

प्लेअफ बेस्ट अफ थ्री को आधारमा खेलाइनेछ। लिगको तेस्रो स्थानमा रहेको साविक विजेता गोल्डेन गेट इन्टरनेशनल  र चौथो स्थानमा रहेको नेपाल पुलिसबीच आइतवार एलिमिनेटर अन्तर्गत पहिलो खेल भएको थियो। जसमा पुलिस ७८-७२ ले विजयी भयो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलको पहिलो क्वाटर र दोस्रो क्वाटरमा गोल्डेन गेटले २२-२० र २२-२१ ले आफ्नो पक्षमा पार्दै ३ अंकको अग्रता बनाएको थियो। तेस्रो क्वाटर पुलिसले १३-१२ ले आफ्नो पक्षमा बनाएपनि गोल्डेनगेटले चौथो क्वाटर अघि सम्म ५६-५४ को अग्रता बनाएको थियो। तर निर्णायक तथा चौथो क्वाटर पुलिसले २४-१६ ले आफ्नो पक्षमा पारेपछि खेल ६ अंक अन्तरले जितेको हो।

पुलिसको जितमा १३ रिबाउण्ड र १ स्टिलसहित २३ अंक स्कोर गरेका विकास गुरुङ प्लेअर अफ दि म्याच भए।

आइतवारै भएको पहिलो क्वालिफायरको पहिलो खेलमा त्रिभुवन आर्मीले टाइम्स इन्टरनेशनल क्लबलाई ७९-६५ ले पराजित गरेको छ। आर्मीको लागि आयुष सिंहले २४ अंक स्कोर गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell