PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'मिसेस नेपाल ग्ल्याम'को फिनालेमा सबै प्रतियोगीलाई उपाधि



पहिलोपोस्ट

'मिसेस नेपाल ग्ल्याम'को फिनालेमा सबै प्रतियोगीलाई उपाधि

काठमाडौं: ‘मिसेस नेपाल ग्ल्याम २०१९’को ताज मिनु प्रधान श्रेष्ठले जितिन्।

उनले शीर्ष उपाधि मात्र होइन मोस्ट फ्रेड्लीको समेत घोषित भइन्। कार्यक्रममा १५ जना प्रतिस्पर्धी थिए। उनले चौध जनालाई पछि पारिन् र ताज चुमिन्। तर, प्रतियोगी कसैले पनि रित्तो हात फर्कन भने परेन। सबैले कुनै न कुनै शीर्षकको अवार्ड जिते।

ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगिताको आइतबार फिनाले भएको हो। विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगितामा सोनिका कार्की फस्ट रनर्सअप र प्रज्ञा श्रेष्ठ सेकेन्ड रनर्सअप भए।

सोनिकाले बेस्ट र्‍याम्प वाक र मोस्ट ट्यालेन्टेडको उपाधि पनि हात पारिन्। त्यस्तै प्रज्ञा फेसबुक च्वाइस र युट्युव मोस्ट म्युज बिजेता बनिन्। युट्युबमा उनीहरुको परिचयात्मक भिडियो राखिएमध्य उनको भिडियोले सर्वाधिक हिट्स बटुलेको छ। यो समाचार तयार पार्दासम्म अरुको भिडियोमा तीन हजारसम्म भ्युज रहेको छ भने उनकोमा चार हजार पाँच सय पन्चानब्बे छ।

फोर्थ रनर्सअप सम्मको उपाधि रहेको प्रतियोगितामा सबैलाई एउटा न एउटा अवार्ड दिइएको छ। अञ्जु खड्का राईलाई बेस्ट पर्सनालिटी पाइन्। बेस्ट स्पीचको अवार्ड देवकी सेवा नेपालीको पोल्टोमा पर्‍यो।  

कल्पना प्रधानलाई पब्लिक च्वाइस र भ्यूवर्स च्वाइस गरी दुई अवार्ड दिइयो। बीनु शाहीलाई बेस्ट फिटनेट।  सुनीता फुँयाल क्षेत्रीले बेस्ट हेयर, शिल्भा तुलाधरले मोस्ट फोटोजेनिक, पनीता राईलाई बेस्ट स्किन, सीमा शर्मालाई बेस्ट स्माइल, सीमा घतान विश्वकर्मा सोसियल्ली रेस्पोन्सिबल, सोना राई लामालाई फेसन आइकान र प्रतिमा अधिकारीलाई मोस्ट क्रिएटिभ शीर्षको विजेता बनाइयो। 

ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टकी सिइयो प्रिती कार्की आफूहरुले विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविष्य सुधार्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको बताउँछिन्।

निर्णायकमा अभिनेता रमेश बूढ़ाथोकी, हिस्सानका अध्यक्ष तथा गोल्डेन गेट कलेजका प्रमुख रमेश सिलवा, अध्यापक तथा संगीतकार सरोज प्याकुरेल, अभिनेता गजित बिष्ट, गायक तथा डाक्टर आभास लाभ, आइडियल स्कूलका संस्थापक पूर्ण लामा, मिसेस नेपाल इन्टरनेशनल तथा मिसेस एसिया प्यासिफिक चन्दा थापा गिरी रहेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell