PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हरिशरण उपाध्यायको ‘श्री जी’ सार्वजनिक



पहिलोपोस्ट

हरिशरण उपाध्यायको ‘श्री जी’ सार्वजनिक

काठमाडौं: प्रोफेसर हरिशरण उपाध्यायको पुस्तक ‘श्री जी’ लोकार्पण भएको छ। सोमबार रिपोटर्स क्लबमा कार्यक्रम आयोजना गरि किताब सार्वजनिक गरिएको हो।

इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय वाराणसीका प्रोफेसर रहेका उपाध्याय कृत पुस्तक शशांक कोइराला र लेखक स्वयंले विमोचन गरे।

पुस्तकको पहिलो अंशमा ‘श्री’ शब्दको निरूपण गरेको बताइएको छ। व्युत्पत्तिमूलक अर्थमा श्री शब्द कल्याण, तेज र महाशक्तिको समष्टिरूप रहेको र लोकव्यवहार मा शोभा, सम्पत्ति, सम्मान, शान्ति र शालीनताको प्रतीक मानिएको बारे विवेचना रहेको छ।

दोस्रो अंशमा ‘जी’ शब्दको प्रयोग बारे विश्लेषण गरेका छन्। मान्यजनका नामका पछाडि सम्मानार्थ प्रयोग गरिने ‘जी’ शब्दबारे गहिरो खोजपूर्ण विश्लेषण र आत्मधारणा प्रस्तुत गर्दै नेपालीमा जी, जू, ज्यू को यथायोग्य प्रयोग बारे समेत चर्चा गरिएको बताइयो।

लेखकले पुस्तकमा ‘हिन्दू राष्ट्र नेपाल: एक तात्त्विक अध्ययन’, ‘गुरुत्वाकर्षण कि सजातीयाकर्षण’, ‘शून्य र दर्शन’, ‘विष, विषय र अमृत’, ‘बलिप्रथा एक वीभत्स काण्ड’, ‘राष्ट्र, राष्ट्रियता, राष्ट्रधर्म, राष्ट्रवाद र नेपाल’ लगायत विविध चौध उप- शीर्षकमाथि चर्चा गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell