PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गोकर्णमा सार्वजनिक बस यसरी पल्टियो, एक जनाको घटनास्थलमै मृत्यु

गोकर्णमा सार्वजनिक बस यसरी पल्टियो, एक जनाको घटनास्थलमै मृत्यु


काठमाडौं : गोकर्णेश्वर नगरपालिकाको ४ इटिचोक नजिक सार्बजनिक बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमैं मृत्यु भएको छ। सुन्दरीजल रत्नपार्क रूटमा चल्ने बा १ ख ८७४४ नम्बरको उक्त बस सुन्दरीजलबाट यात्रु बोकेर गन्त्यब्यतर्फ जाने क्रममा आज करिब साढ़े १ बजे दुर्घटना भएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नरेन्द्र चन्दले बताए।

मृतकको सनाखत हुन सकेको छैन। बस सडकबाट करिब ५ फिट तल खेतमा पल्टेको थियो। बसका अन्य घाइते यात्रुलाई नेपाल मेडिकल कलेज शिक्षण अस्पताल लगिएको प्रहरीले जानकारी गराएको छ।

बस चालक भने सम्पर्क बाहिर रहेको बताइएको छ।

सबै फोटो: सरोज बस्नेत



ट्रेन्डिङ पोस्ट

Ncell