PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

महेन्द्र कुमार राई राष्ट्रिय टिम तयारीको निर्देशकमा



पहिलोपोस्ट

महेन्द्र कुमार राई राष्ट्रिय टिम तयारीको निर्देशकमा

काठमाडौं :  राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय टिम तयारीको निर्देशकमा महेन्द्र कुमार राई नियुक्त भएका छन्।

खेलकुद बिज्ञान प्रतिष्ठानमा उपनिर्देशक रहेका राईलाई राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागमा दरवन्दि रहने गरि आषाढ ४ गतेबाट लागु हुने गरि रिक्त रहेको निर्देशक पदमा नियुक्त गरेको सदस्य सचिव केशव कुमार बिष्टद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ।

२०५२ सालमा कराते प्रशिक्षकको रुपमा ताप्लेजुङ्गबाट राखेपको सेवा प्रवेश गरेका राई २०६३ सालमा द्वितीय श्रेणीको रुपमा बरिष्ठ प्रशिक्षकको रुपमा पदोन्नती भएका थिए।

यस्तै काठमाण्डौ जिल्ला खेलकुद विकास समितिमा प्रशिक्षण विभाग प्रमुखमा कार्यरत रहेको अवस्थामा राईलाई तत्कालिन सदस्य सचिव युवराज लामाको समयमा २०७२ सालमा तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकमा पदोन्नती गरिएको थियो। २०७४ साल देखि राई नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानमा उपनिर्देशकको रुपमा कार्यरत रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell