PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

धादिङमा जिप दुर्घटना, पाँच जनाको मृत्यु, १० जना घाइते



धादिङमा जिप दुर्घटना, पाँच जनाको मृत्यु, १० जना घाइते
फोटो: pabilnews.com

काठमाडौं: धादिङको गल्छी गाउँपालिकामा १८ च ९४०८ नम्बरको बोलेरो जिप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारका अनुसार सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको उकालो चढ्ने क्रममा ब्याक भएर दुर्घटना भएको हो। दुर्घटनामा परी तीन महिला र दुई पुरुषको मृत्यु भएको छ।

चार जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी उपरीक्षक वैदवारले जनाए। दुर्घटनामा परी गल्छी वडा नं.६ का २५ वर्षीया नानु तामाङ, सोही ठाउँका ३० वर्षीया कान्छी भजुेल, वडा नं.४ का ३८ वर्षीय सेते मिजार ,सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको छ भने २१ वर्षीया समीक्षा अधिकारीको उपचारका क्रममा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 
दुर्घटनामा १० जना घाईते भएका छन्। घाइते भएकालाई स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell