PahiloPost

Jul 18, 2019 | २ साउन २०७६


ओलीको ट्विटलाई नेपाली भाषामै मोदीको मेन्सन


पहिलोपोस्ट

ओलीको ट्विटलाई नेपाली भाषामै मोदीको मेन्सन

काठमाडौं : विश्व योग दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ट्विटलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मेन्सन गर्दै नेपालीमै धन्यवाद ज्ञापन गरेका छन्।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै योग दिवसको शुभकामना दिएका थिए। साथै उनले प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत् मन वचन र कर्मले एकै स्थानमा रही जीवनलाई स्वस्थ बनाउने सफलता मिलोस् भनेका छन्।

हेर्नुस् ओलीको ट्विट:

प्रम ओलीको ट्विटलाई मेन्सन गर्दै भारतीय प्रधानमन्त्री मोदीले धन्यवाद दिए। 'योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु,' नेपाली भाषामै मोदीले ट्विट गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदीकै प्रस्तावमा संयुक्त राष्ट्रसंघले आजको दिन अर्थात् जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउन स्वीकार गरेको थियो। मोदीकै पहलमा राष्ट्रसंघले स्विकार गरेकाले पनि प्रधानमन्त्री ओलीको ट्विटलाई मोदीले उत्साहित हुँदै मेन्सन गरेका हुन्। हेर्नुस् मोदीको ट्विट:



ओलीको ट्विटलाई नेपाली भाषामै मोदीको मेन्सन को लागी १ प्रतिक्रिया(हरु)

Srij [ 2019-06-21 16:36:33 ]
Aru news napayera yestai yestai news lai mahatwa diyeko ho ki?

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट