PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु



टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमौली: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–५ छाङमा टिप्परको ठक्करबाट आज पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५९ वर्षीय बलबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

म्याग्देबाट खैरेनीटारतर्फ जाँदै गरेको ग१क ४३२३ नंको टिप्परको ठक्करबाट घाइते विकको उपचारका क्रममा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए। टिप्पर र चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell