PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बर्दियाको रम्मापुरमा बस दुर्घटनाः १२ जना घाइते, चालक फरार



पहिलोपोस्ट

बर्दियाको रम्मापुरमा बस दुर्घटनाः १२ जना घाइते, चालक फरार

काठमाडौँः बर्दियाको बारबार्दिया नगरपालिका ७ रम्मापुर बस दुर्घटना भएको छ। काठमाडौंबाट बझाङतर्फ जाँदै गरेको बस दुर्घटना भएको हो। ना ट ख १३३९ नम्बरको बस दुर्घटनामा परेको हो। 

दुर्घटनामा १२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बस चालक फरार रहेकाले खोजी भइरहेको छ।

दुर्घटनाको कारणबारे अनसन्धान भइरहेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell