PahiloPost

Jul 18, 2019 | २ साउन २०७६


धादिङमा दुई माइक्रो बस र एक बस ठोक्किँदा २ जनाको मृत्यु, ३० जना घाइते


धादिङमा दुई माइक्रो बस र एक बस ठोक्किँदा २ जनाको मृत्यु, ३० जना घाइते

काठमाडौं: धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा ७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा दुई माइक्रो बस र एक बस एकापसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट चितवनतर्फ आउँदै गरेको लु १ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं जाँदै गरेको बा ३ ख १००४ नम्बरको माईक्रो र बा २ख ४५६७ नम्बरको माईक्रो एक आपसमा ठक्कर खाँदा उक्त बसका २ जना यात्रुको ज्यान गएको हो। घटनामा परी ३० जना घाइते भएका छन्।

मृत्यु हुनेमा एक जना महिला र एक पुरुष रहेको प्रहरीले जनाएको छ।  महिलाको परिचय खुलेको छैन भने अर्का मृतक २७ वर्षका श्यामकुमार श्रेष्ठ रहेको खुलेको छ।

घाइते यात्रुको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ भने केहीलाई काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ। 



धादिङमा दुई माइक्रो बस र एक बस ठोक्किँदा २ जनाको मृत्यु, ३० जना घाइते को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट