PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भानुभक्त पुरस्कार उपाध्याय र असिम पुरस्कार सिवाकोटीलाई



रासस

काठमाडौँ : नेपाल शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार वरिष्ठ साहित्यकार एवं भाषाविद् मुकुन्दशरण उपाध्यायलाई प्रदान गर्ने भएको छ। यही असार २९ गते आदिकवि भानुभक्त आचार्यको १०६ औँ जन्मजयन्तीका दिन उक्त पुरस्कार प्रदान गरिने परिषद्ले जनाएको छ।

परिषद्को बैठकले यसवर्षको गोपाल पाँडे असिम पुरस्कार साहित्यसेवी शेषराज सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ। नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेवापत उनलाई आगामी साउन ३२ गते परिषद्को वार्षिकोत्सवका दिन पुरस्कार दिन लागिएको हो। परिषद्ले विसं २०५२ देखि भानुभक्त र २०५० देखि असिम पुरस्कार प्रदान गर्दै आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell