PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

उत्तर कोरियाद्वारा अस्ट्रेलियाली नागरिक रिहा



उत्तर कोरियाद्वारा अस्ट्रेलियाली नागरिक रिहा
फोटो: REUTERS

प्योङयाङ: उत्तर कोरियामा पक्राउ परेका अस्ट्रेलियाली नागरिक रिहा भएका छन्।

अस्ट्रेलियाका अलेक सिगले एक वर्षयता उत्तर कोरियाको किम सुङ विश्वविद्यालयमा कोरियली साहित्यका बारेमा अध्ययन गरिरहेका थिए। उनलाई गत हप्ता उत्तर कोरियाली अधिकारीले पक्राउ गरेको समाचार बाहिरिएपछि अस्ट्रेलिया सरकारले उनलाई रिहा गराउने प्रयास सुरु गरेको थियो।

उत्तर कोरियामा अस्ट्रेलियाको दूतावास नभएका कारण स्वीडेनको दूतावास मार्फत उत्तर कोरियाली अधिकारीसँग वार्ता गर्दै अलेकलाई रिहा गरिएको बताइएको छ।

रिहा भएपछि अलेक प्योङयाङबाट चीन हुँदै जापान पुगेको बताइएको छ। संचारमाध्यमसँग कुरा गर्दै अलेकले आफू ठिक रहेको प्रतिक्रिया दिएका छन्।

 एक हप्ता देखि परिवार र साथीहरुसँग सिगलेको कुनै सम्पर्क नभएपछि उनलाई पक्राउ गरिएको अनुमान गरिएको थियो। सिगले रिहा भएपछि भने उनको परिवार खुशी व्यक्त गरेका छन्।

अस्ट्रेलिया सरकारले सिगले पक्राउ परेको विषयलाई 'निकै गम्भीर विषय' भएको प्रतिक्रिया दिएको थियो।

कोरियली साहित्यका बारेमा अध्ययन गरिरहेका उनी उत्तर कोरियामा पर्यटकहरुलाई उत्तर कोरिया भ्रमण गराउने काम समेत गर्दै आएका थिए। द गार्डीयनसँगको अन्तर्वाताका क्रममा उनले आफूलाई 'उत्तर कोरियामा बस्ने एक मात्रै अस्ट्रेलियन नागरिक' भएको बताएका थिए। उनी पहिलोपटक सन् २०१२ मा उत्तर कोरिया पुगेका थिए।

सिगलेलाई पक्राउ गरिनुको कारणबारे भने केही सार्वजनिक गरिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell