PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ट्युनिसियाको समुद्री तटमा आप्रवासी सवार डुंगा दुर्घटना,८० जनाभन्दा बढीको मृत्यु भएको आशंका



ट्युनिसियाको समुद्री तटमा आप्रवासी सवार डुंगा दुर्घटना,८० जनाभन्दा बढीको मृत्यु भएको आशंका
फोटो : AFP/DHAKA TRIBUNE

ट्युनिसियाको समुद्री तटमा आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा करिब ८० जनाको मृत्यु भएको हुन सक्ने बीबीसीले जनाएको छ।

केही आप्रवासीहरुलाई उद्धार गरि अस्पताल भर्ना गरिएको बताइएको छ। उद्धार गरिएका आप्रवासीहरुले आफूहरु लिबियाको जुवारा क्षेत्रबाट आएको बताएका छन्। डुंगामा सवार यात्रीहरुको सम्पूर्ण विवरण भने आइसकेको छैन।

युरोप प्रवेश गर्ने सपना बोकेर वर्षमा सयौं आप्रवासीहरु गैरकानूनी तरिकाले लिबिया हुँदै ट्युनिसिया पुग्ने गर्छन्। असुरक्षित यात्राका कारण त्यस क्षेत्रमा धेरै दुर्घटना हुने गरेको छ।

यात्राका क्रममा लिबियामा धेरै आप्रवासीहरु पक्राउ पर्ने गरेका छन्। उनीहरु सबैलाई लिबियाकै आप्रवासी शिविरमा राखिएको छ।

बुधवार आप्रवासी शिविर लक्षित हवाई आक्रमण हुँदा शिविरमा रहेका एक नेपाली सहित ५३ जनाको मृत्यु भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell