PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

साइबेरियन क्षेत्रमा बाढीको कहर, १८ जनाको मृत्यु

साइबेरियन क्षेत्रमा बाढीको कहर, १८ जनाको मृत्यु


रसियाको साइबेरियन क्षेत्रमा बाढीका कारण जनजीवन प्रभावित भएको छ। रसियाली अधिकारीहरुका अनुसार बाढीका कारण अहिले सम्म १८ जनाको मृत्यु भएको छ।

शहरमा पानी जमेका कारण घरहरु डुबानमा परेका छन्। कयौं घरहरु भत्किएका छन्। करिब दश हजार मानिस विस्थापित भएका छन्। उनीहरुका लागि अस्थायी शिविरको व्यवस्था गरिएको छ।

३० हजार मानिस बिजुलीको सेवाबाट बञ्चित भएका छन् भने सडक र रेल मार्ग बन्द भएका छन्।

बाढी पछि साइबेरियन क्षेत्रमा आपतकाल घोषणा गरिएको छ। अधिकारीहरुले उद्धारको काम तीव्र गतिमा भइरहेको बताएका छन्।

फोटो:  ALEXEY GOLOVSHCHIKOV/REUTERS



ट्रेन्डिङ पोस्ट

Ncell