PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

' १ एमबी फेरी त्यो दिन नेपाल टुर'  लिएर आउँदै सुगम पोखरेल



' १ एमबी फेरी त्यो दिन नेपाल टुर'  लिएर आउँदै सुगम पोखरेल

गायक सुगम पोखरेलको '१ एमबी फेरी त्यो दिन' नेपाल टुर हुने भएको छ।

देशका विभिन्न जिल्लामा हुन लागेको यो टुर सुगमको पहिलो इन्डोर कन्सर्ट हुने आयोजक फेम नेपालले जनाएको छ।

जुलाई १२ तारिक पोखराको किङ्स लाउन्जबाट सुरु हुने कन्सर्ट जुलाई १३ तारिक बुटवलको द कन्सेप्ट, जुलाई १५ तारिक नारायणगडको ग्यालेक्सी एम्पायर, जुलाई १७ तारिक इटहरीको इम्पेरियल, जुलाई १९ तारिक धरानको भिन्टेज हुँदै जुलाई २६ तारिक काठमाडौँको प्ले बोई क्लबमा हुनेछ।

काठमाडौँ बाहिर साँझ ६ बजे देखि ११ बजे सम्म आयोजना हुने कन्सर्ट काठमाडौँमा भने राति ९ बजे देखि बिहान ४ बजे सम्म आयोजना हुनेछ।

कन्सर्टमा गायक पोखरेलले आफ्ना दर्जन बढी नयाँ तथा पुराना गीतहरु प्रस्तुत गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell