PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चीनले मुस्लिम बालबालिकालाई परिवारबाट अलग राखेको रिपोर्ट सार्वजनिक



चीनले मुस्लिम बालबालिकालाई परिवारबाट अलग राखेको रिपोर्ट सार्वजनिक
फोटो: BBC

चीनले सिनजियाङ प्रान्तमा बसोबास गर्दै आएका मुस्लिम परिवारका बालबालिकाहरुलाई आफ्नो परिवारबाट टाढा राखिरहेको एक अध्ययनले देखाएको बीबीसीले दाबी गरेको छ।

बालबालिकाहरुलाई उनीहरुको परिवारबाट मात्र नभई उनीहरुको धर्म, आस्था र भाषाबाट पनि बञ्चित गरिएको रिपोर्टमा उल्लेख गरिएको बताइएको छ।

हजारौं मुस्लिम युवाहरुलाई नियन्त्रणमा लिएर 'जायन्ट क्याम्प'मा राखिरहेको अवस्थामा ठूलो संख्यामा बोर्डिङ स्कूलहरु निर्माण भइरहेको समेत जनाइएको छ।

बीबीसीले दर्जनौ अन्तर्वाता र सार्वजनिक कागजपत्रहरुको अध्ययन गर्दै बालबालिकाहरुको अवस्थाका बारेमा निश्कर्ष निकालेको दाबी गरेको छ।

रिपोर्टका अनुसार एकै टोलका ४०० जना भन्दा बढी बालबालिका आफ्नो अभिभावसँग टाढिएका छन्। बालबालिकाहरुलाई आफ्नो धार्मिक मूल्य मान्यताबाट नै टाढा राख्ने प्रयत्न भइरहेको समेत दाबी गरिएको छ।

बीबीसीले सो क्षेत्रमा प्रवेश गर्ने विदेशी पत्रकारहरुमाथि २४ घण्टा नै निगरानी राख्ने गरेको समेत उल्लेख गरेको छ।

टर्कीमा धेरै चिनियाँ बालबालिका र युवाहरु सिनजियाङसँग आफ्नो सम्बन्धका बारेमा भन्न तयार रहेको बताइएको छ। टर्कीमा रहेका धेरै जना चीनबाट भागेर वा पढाइका लागि भनेर त्यहाँ पुगेका मुस्लिम समुदाय अन्तर्गत विघ्रुज जातीका रहेको उल्लेख गरिएको छ। उनीहरुले विघ्रुज समुदायका मानिसहरुलाई पक्राय गरि डिटेन्सन क्याम्पमा राखिरहेको दाबी गरेका छन्।

यता चीनले भने विघ्रुजहरुलाई उग्र धार्मिक चिन्तनबाट छुटाउन शिक्षा सुविधा प्रदान गर्न 'भोकेस्नल ट्रेनिङ' दिइरहेको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell