PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘फ्राइडे रिलिज’मा दुई विदेशी फिल्ममात्र



‘फ्राइडे रिलिज’मा दुई विदेशी फिल्ममात्र

काठमाडौं: आज असार २० गते शुक्रबार नेपाली सिनेमा हलमा कुनै नेपाली फिल्म प्रदर्शनमा आएनन्। दुई विदेशी फिल्म भने एकसाथ प्रदर्शनमा आएका छन्। 

बलिउड फिल्म ‘मलाल’ र हलिउड फिल्म ‘स्पाइडर म्यान: फार फ्रम होम’ प्रदर्शनमा आएका हुन्। त्यस्तै गत साता प्रदर्शनमा आएको फिल्म ‘आप्पा’ र ‘कबिर सिंह’ पनि सिनेमा हलमा प्रदर्शनरत छ। जेठ ३ गतेदेखि प्रदर्शन भएको नेपाली हिट फिल्म ‘जात्रै जात्रा’ पनि सिनेमा हलमा प्रदर्शन भईरहेको छ। 

हलिउड फिल्म ‘स्पाइडर म्यान: फार फ्रम होम’ लाई जोन वाट्सले निर्देशन गरेका हुन्। फिल्ममा टोम होल्याण्ड, सामुयल ज्याकसन, जेनडाया लगायतका कलाकारले अभिनय गरेका छन्। स्पाइडर म्यान एक्सन जनारामा निर्माण भएको छ।

त्यस्तै बलिउड फिल्म ‘मलाल’ पनि आजबाट प्रदर्शनमा आएको छ। मंगेश हाडवाले निर्देशित फिल्म मलालमा सर्मिन सेगल र मिजान जफरी मुख्य भूमिकामा छन्। गुलसन कुमार र सञ्जय लिला भंसालीको प्रस्तुतिमा निर्माण भएको फिल्म मलाल एक्सन र रोमान्स जनारामा बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell