PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

श्रीमती भागेपछि युएईका प्रधानमन्त्री पुगे बेलायती अदालतको शरणमा



श्रीमती भागेपछि युएईका प्रधानमन्त्री पुगे बेलायती अदालतको शरणमा
फोटो: AFP

संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति एवं प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतोमले आफ्नी श्रीमतीहरुमध्ये एक राजकुमारी हया बिन्ट अल हुसेनविरुद्ध बेलायती अदालतमा मुद्दा दायर गरेका छन्।

जोर्डनका पूर्व राजाकी बहिनी रहेकी हयाले दुबईका शासकसमेत रहेका श्रीमान शेखलाई छोडेर दुबईबाट लन्डन पुगेपछि यो विषय अदालतसम्म पुगेको ब्रिटिस मिडियाहरुले जनाएका छन्।

अर्बपति शेखले आफ्नी श्रीमतीविरुद्ध मुद्दा दायर गरेसँगै उनले आफ्नी हयाले छाडेर जानु कारण र शेखले हयासँगको व्यवहारका बारेमा अदालतमा बताउनुपर्ने भएको छ।

शेखका श्रीमतीहरुबाट २३ छोराछोरीहरु रहेको टेलिग्राफले जनाएको छ। तीनै छोराछोरीमध्ये शिखा लटिफा आश्चर्य रुपमा दरबार फर्केपछि हयाले दुबई छाडेको हुन सक्ने अनुमान गरिएको छ। अदालतमा यी हाई प्रोफाइल जोडीबीच मुख्य रुपमा मध्ये शिखा लटिफालाई लिएर नै बहस हुने बताइएको छ।

यस्तै शेख र हयाको तर्फबाट भएका दुई सन्तानको स्वामित्वलाई लिएर पनि बहस हुन सक्ने अनुमान गरिएको छ।

लटिफाले आफूलाई दरबारभित्र कैदीका रुपमा राखिएको भन्दै २०१८ मा डुंगाबाट हुँदै संयुक्त अरब इमिरेट्स छोडेकी थिइन्। उनलाई पछि भारतको जलसेनाको टोलीले फेला पारेको थियो। गत डिसेम्बरमा उनले आफ्नो परिवार सहित नयाँ भिडियो पोस्ट गरेकी थिइन्।

अदालतमा बहसका क्रममा लटिफाले त्यो बेला लगाएको आरोपका बारेमा पनि चर्चा हुन सक्ने भएकाले यसलाई संयुक्त अरब इमिरेट्सको राजकिय परिवारको इज्जतसँग जोडिएको विषय रहेको बताइएको छ।

राजकुमारी हया हाल बेलायतमा रहेको इमराती शाही परिवारको ५८ मिलियन युरो पर्ने घरमा बसिरहेको अनुमान गरिएको छ।

बेलायती राज परिवारसँग राम्रो सम्बन्ध रहेको हयाले बेलायमा असाइलम (शरणार्थी) का लागि निवेदन दिन सक्ने बताइएको छ।

शेखले बेलालयको 'लन्डन फेमिलि कोर्ट' मा हया विरुद्ध मुद्दा दायर गरेको बुझिएको छ। प्रेडिड्न्ट अफ डिभिजनको अगाडी सो मुद्दाको सुनुवाई तय भएको र जुलाई ३० मा मुद्दा माथि बहस हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell