PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हृदयघातको शंका गर्दै काठमाडौंका उप-प्रमुख नर्भिकमा भर्ना



हृदयघातको शंका गर्दै काठमाडौंका  उप-प्रमुख नर्भिकमा भर्ना
फोटो: facebook.com/hari.prabha

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई हृदयघातको लक्षण देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको छ।

बिहीवार बेलुकी साढे ९ बजे छातीमा समस्या देखिएकोले खड्गीलाई अस्पताल लगिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। 

डंगोलले खड्गीलाई हाल सीसीयूमा राखिएको जानकारी दिँदै भने, 'रिपोर्ट आएको छैन। उहाँको स्वास्थ्य अवस्थाबारे अहिले नै भन्न सकिँदैन।'

नर्भिक अस्पतालले खड्गी अस्पतालमा भर्ना भएको पुष्टि गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell