PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बेबिलोन शहर विश्व सम्पदा सूचीमा समावेश



बेबिलोन शहर विश्व सम्पदा सूचीमा समावेश
फोटो : REUTERS

प्राचीन मेसोपोटामियन शहर बेबिलोनलाई युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गरेको छ।

४ हजार वर्ष पुरानो सभ्यता बोकेको बेबिलोनलाई विश्व सम्पदा सूचीमा समावेश गराउन इराकले सन् १९८३ देखि नै प्रस्ताव गर्दै आएको थियो।

विश्वको सात आश्चर्यमध्ये पर्ने 'ह्याङगिङ गार्डेन' का लागि बेबिलोन शहर प्रख्यात रहेको थियो।

सद्दाम हुसेनको शासनकालमा सो शहरमा दरबार बनाउन सुरु गरिएसँगै बेबिलोनको अस्तित्व संकटममा परेको बताइन्छ। पछि त्यहाँ अमेरिकी फौजको उपस्थितिले पनि शहरको प्राचिन सभ्यता नष्ट भएको बताइन्छ।

अजर्बैजानमा संयुक्त राष्ट्रसंघको विश्व सम्पदा समितिको बैठकमा बेबिलोनलाई विश्व सम्पदा सूचीमा राख्ने निर्णय भएको हो। समितिले बेबिलोनको प्राचीन अवस्था राम्रो नभएको भन्दै त्यसलाई संरक्षण गर्न पनि सचेत गराएको छ।

इराकले सो निर्णयको स्वागत गर्दै बेबिलोन र मेसोपोटामियन सभ्यता संरक्षण हुनेमा विश्वास व्यक्त गरेको छ।

बेबिलोनसँगै बुर्किनो फासोमा रहेको फेर्रोस मेटल्लुर्गी, ब्राजिलको पराटी र इल्हा ग्रान्डे, आइसल्यान्डको भ्याटनाजोकुल र फ्रान्सको फ्रेन्च अस्ट्रल ल्यान्ड एन्ड सिलाई पनि विश्व सम्पदा सूचीमा समावेश गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell