PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

क्यालिफोर्नियामा ७.१ म्याग्निच्युडको भूकम्प



क्यालिफोर्नियामा ७.१ म्याग्निच्युडको भूकम्प

क्यालिफोर्निया: अमेरिकाको क्यालिफोर्नियामा राज्यमा गत बिहीबार बिहान सबैरै आएको शक्तिशाली भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी रहेको छ। 

युएस जियोलोजिकल सर्भेका अनुसार आज ७.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।

बिहीबार उक्त क्षेत्रमा ६.४ रेक्टर स्केलको भूकम्पको धक्का गएको थियो। त्यसयता करिब ८० ओटा पराकम्पनहरु आएको जनाइएको छ।

तर यसबाट भौतिक तथा मानवीय ठूलो मात्राको क्षति भने पुगेको छैन। केही मानिस घाइते भएका समाचारमा आएको छ।
 
भूकम्पका कारण ग्याँसको पाइपलाइन फुटेर बाहिर निस्किएको र यसबाट आगलागी भएपछि केही घर जलेका उद्धारकर्मीहरुले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell