PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

विश्व सम्पदा क्षेत्रमा थपियो भारत राजस्थानको जयपुर शहर



 विश्व सम्पदा क्षेत्रमा थपियो भारत राजस्थानको जयपुर शहर
हावा महल फोटो: Timesofindia

भारतको राजस्थानमा रहेको ऐतिहासिक शहर जयपुरलाई युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गर्ने निर्णय गरेको छ।

राजस्थान प्रान्तको राजधानी रहेको जयपुर सन् १७७२ मा अमेरका राजपुत राजा जय सिहं द्वितियाका निर्माण गरेको बताइन्छ। उनकै नाममा शहरमा नाम पनि जयपुर राखिएको जनविश्वास रहेको छ।

जयपुर शहरलाई धेरै वर्षदेखि विश्व सम्पदा सूचीमा राख्न प्रयत्न भइरहेको थियो।  विशेष गरी त्यहाँ रहेको हावा महल,जल महल,सिटी प्यालेस, अमेर किल्ला, नहरग्रह किल्ला, जयघर किल्ला, जंतरमंतर पर्यटकमाझ परिचित रहेको छ।

जंतरमंतर र अमेर किल्ला यस अघि नै विश्व सम्पदा सूचीमा समावेश भएका थिए। ९५३ झ्याल रहेको हावा महल प्रिरामिड शैलीमा निर्माण भएको दरबार हो। यस्तै भारतकै पुरानो सिनेमा घर मध्ये एक राज मन्दिर समेत जयपुरमै रहेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जयपुर शहरलाई विश्व सम्पदा सूचीमा समावेश भएपछि खुशी व्यक्त गर्दै जयपुर शहर संस्कृति र कलाले भरिपूर्ण शहर रहेको बताएका छन्। जयपुरको आतिथ्यले विश्वभर मानिसलाई प्रभावित गरेको मोदीले उल्लेख गरेका छन्।

अजर्बैजानमा संयुक्त राष्ट्रसंघको विश्व सम्पदा समितिको बैठकले जयपुरसँगै इराकको बेबिलोन, बुर्किनो फासोमा रहेको फेर्रोस मेटल्लुर्गी, ब्राजिलको पराटी र इल्हा ग्रान्डे, आइसल्यान्डको भ्याटनाजोकुल र फ्रान्सको फ्रेन्च अस्ट्रल ल्यान्ड एन्ड सिलाई पनि विश्व सम्पदा सूचीमा समावेश गर्ने निर्णय गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell