PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अस्ट्रेलियाली नागरिकले जासुसी गरेकोले पक्राउ गरेको उत्तर कोरियाको दाबी



अस्ट्रेलियाली नागरिकले जासुसी गरेकोले पक्राउ गरेको उत्तर कोरियाको दाबी
फोटो ; AFP/GETTY IMAGES

उत्तर कोरियाले अस्ट्रेलियाली नागरिक अलेक सिगलेलाई 'जासुसी' गरेको आरोपमा पक्राउ गरेको उत्तर कोरियाली संचार माध्यमले जनाएको बीबीसीले उल्लेख गरेको छ।

प्योङयाङमा कोरियाली साहित्य अध्ययन गरिरहेका सिगलेलाई केही दिन अघि पक्राउ गरिएको थियो। आफ्नो नागरिक पक्राउ परेसँगै अस्ट्रेलियन सरकारले सिग्लेलाई छुटाउन कुटनीतिक लबिङ गरे थियो।

उत्तर कोरियामा अस्ट्रेलियाको दूतावास नभएका कारण स्वीडेनको दूतावास मार्फत उत्तर कोरियाली अधिकारीसँग वार्तपछि अलेकलाई बिहिवार मात्रै रिहा गरिएको थियो।

रिहा भएपछि अलेक प्योङयाङबाट चीन हुँदै जापान पुगेका थिए। संचारमाध्यमसँग कुरा गर्दै अलेकले आफू ठिक रहेको प्रतिक्रिया दिएका थिए।

एक हप्ता देखि परिवार र साथीहरुसँग सिगलेको कुनै सम्पर्क नभएपछि उनलाई पक्राउ गरिएको अनुमान गरिएको थियो। अस्ट्रेलिया सरकारले सिगले पक्राउ परेको विषयलाई 'निकै गम्भीर विषय' भएको प्रतिक्रिया दिएको थियो।

कोरियली साहित्यका बारेमा अध्ययन गरिरहेका उनी उत्तर कोरियामा पर्यटकहरुलाई उत्तर कोरिया भ्रमण गराउने काम समेत गर्दै आएका थिए। द गार्डीयनसँगको अन्तर्वाताका क्रममा उनले आफूलाई 'उत्तर कोरियामा बस्ने एक मात्रै अस्ट्रेलियन नागरिक' भएको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell