PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हङकङमा सुपुर्दगी विधेयकको विरोध जारी, प्रदर्शनकारीले रोके चीन जाने रेल



हङकङमा सुपुर्दगी विधेयकको विरोध जारी, प्रदर्शनकारीले रोके चीन जाने रेल
फोटो :REUTERS/Tyrone Siu

हङकङ सरकारले सदनमा दर्ता गराएको सुपुर्दगी विधेयकको विरोधमा हङकङमा प्रदर्शन भइरहेको छ। प्रदर्शन उग्र बन्दै गएपछि हङकङ सरकारले विधेयकलाई स्थगन गरेको थियो। तर पनि आन्दोलनकारीहरुले प्रदर्शन रोकेका छैनन्।

प्रदर्शनकारीले आज हङकङको वेस्ट कोउलुन रेल स्टेशनमा धर्ना दिएर चीन जाने रेल नै रोकेका छन्। त्यस स्टेशनबाट चीन जाने उच्च गतिका रेलहरु छुट्ने गर्छन्।

प्रदर्शनकारीहरुले हङकङकी कार्यकारी प्रमुख ल्यामले राजीनामा गर्नुपर्ने र विधेयक फिर्ता नै हुनुपर्ने माग गरिरहेका छन्।

गत सोमवार प्रदर्शनकारीहरुले हङकङको संसदभित्र नै प्रवेश गरेर तोडफोड गरेका थिए। त्यस क्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप हुँदा धेरै जान घाइते भएका थिए।

त्यसपछि केही दिन रोकेको आन्दोलन आज फेरि सुरु भएको हो।

चीन सरकारले मेनल्यान्ड चाइनामा हङकङमा भइरहेको प्रदर्शनलाई देखाउन 'सेनसर' गरेकोले प्रदर्शनकारीहरुले रेल सेवा बन्द गरेर प्रदर्शनकारीहरुले चीनबाट आउने यात्रुलाई प्रदर्शनबारे जानकारी दिने  प्रयास गरेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell