PahiloPost

Sep 22, 2019 | ५ असोज २०७६


विश्वकप क्रिकेट : वर्षाका कारण भारत-न्यूजिल्याण्डबीचको खेल रोकियो, खेल नभए के हुन्छ?


पहिलोपोस्ट

विश्वकप क्रिकेट : वर्षाका कारण भारत-न्यूजिल्याण्डबीचको खेल रोकियो, खेल नभए के हुन्छ?

इंग्ल्याण्ड वेल्समा भइरहेको आइसीसी एक दिवसीय विश्वकप अन्तर्गत आज भएको भारत र न्यूजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल वर्षाले प्रभावित बनेको छ।

न्यूजिल्याण्डले  टस जितेर पहिले ब्याटिङ गर्दै ४६.१ ओभरमा २११-५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो।


लिग चरणमा पनि वर्षाका कारण प्रभावित खेलमा अंक बाँडिएको थियो। तर यो सेमिफाइनल भएकोले आइसीसीले फरक नियम बनाएको छ।

सेमिफाइनल खेल वर्षाले रोकिएमा भोलि 'रिजर्भ डे'को रुपमा खेललाई निरन्तरता दिइने नियम छ। रिजर्भ डे मा पनि खेल हुन नसकेमा लिग चरणमा धेरै अंक जोडेको टिम सेमिफाइनलमा विजेता घोषित हुनेछ। यस्तो भए भारतलाई फाइदा पुग्नेछ। भारतले लिगमा ९ खेलबाट १५ अंक जोडेको थियो भने न्यूजिल्याण्डले समान खेलबाट ११ अंक जोडेको थियो।

फाइनलको हकमा भने वर्षाले खेल हुन नसकेमा दुवै टिमलाई संयुक्त विजेता घोषित गर्दै ट्रफी बाँडिने नियम रहेको छ।

अहिले वर्षाका कारण रोकिएको भारत-न्यूजिल्याण्डबीचको खेल पुन: सुरु भए भारतले ४६ ओभरमा २३७ रनको विजयी लक्ष्य पाउनेछ। यस्तै डिएल मेथडको आधारमा २० ओभरमा खेल छोट्याइएमा भारतले २० ओभरमा १४६ रनको लक्ष्य पाउनेछ।
 



विश्वकप क्रिकेट : वर्षाका कारण भारत-न्यूजिल्याण्डबीचको खेल रोकियो, खेल नभए के हुन्छ? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट