PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हङकङमा सुपुर्दगी विधेयकको विरोध, माग सम्बोधन नभएसम्म सडक संघर्ष जारी रहने



हङकङमा सुपुर्दगी विधेयकको विरोध, माग सम्बोधन नभएसम्म सडक संघर्ष जारी रहने
फोटो :AP

हङकङ सरकारले सदनबाट सुपुदर्गी विधेयक स्थगन गर्ने निर्णय गरेपनि सरकार विरुद्ध प्रदर्शन भइरहेको छ।

मंगलवार हङकङकी प्रमुख कार्यकारी अधिकृत क्यारी ल्यामले हङकङमा पक्राउ परेका अपराधीहरुलाई सजिलै मेनल्यान्ड चाइनामा सुपुर्दगी गर्ने प्रावधान रहेको विधेयकको 'मृत्यु' भइसकेको बताएकी थिइन्। तर पनि प्रदर्शनकारीहरुले आफ्नो माग पुरा नभएको भन्दै सडक संघर्ष जारी राख्ने बताएका छन्।

प्रदर्शनकारीहरुले विधेयक स्थगन मात्रै नभइ फिर्ता नै हुनुपर्ने र क्यारी ल्याम लगायतका नेताहरुले राजीनामा दिनुपर्ने माग गरिरहेका छन्। आन्दोलन गरिरहेकाहरुले ल्यामले 'शब्दजाल बुनिरहेको' आरोप लगाउँदै आएका छन्।

विधेयकको विरुद्धमा एक महिनादेखि हङकङमा प्रदर्शन भइरहेको छ। केही दिन अघि प्रदर्शनकारीहरुले हङकङको संसद भवन नै कब्जामा लिएर तोडफोड गरेका थिए। ल्यामले भने प्रदर्शनरत पक्षलाई वार्तामा आउन आग्रह गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell