PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

यी हुन् यस वर्षको मदन पुरस्कारका लागि छानिएका श्रेष्ठ सात पुस्तक



यी हुन् यस वर्षको मदन पुरस्कारका लागि छानिएका श्रेष्ठ सात पुस्तक

काठमाडौं: वर्ष २०७५ को मदन पुरस्कारका लागि छानिएका सात पुस्तक सार्वजनिक गरिएको छ। मदन पुरस्कार गुठीले आज एक विज्ञप्ति जारी गर्दै श्रेष्ठ सूची सार्वजनिक गरेको हो।

गुठीलाई प्राप्त भएको २५७ कृतिबाट श्रेष्ठ सात पुस्तक छनोट गरिएको जनाइएको छ। यी मध्ये एकले यस वर्षको मदन पुरस्कार पाउनेछ। 

छनोटमा परेका पुस्तकमा सानु शर्माको एकादेशमा, बिन्दु शर्माको ओक्‍कल दोक्‍कल पिपल पात, कुमार नगरकोटीको ज्ञ, छुदेन काविमोको फातसुङ, महेश थापाको मरीचिका, योगेश राजको रणहार र ध्रुव सापकोटाको विचारको लाश रहेको छ।

गत वर्ष नीलम कार्कीको योगमायाले मदन पुरस्कार पाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell