PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ट्रम्पलाई अदालतको आदेश : ट्वीटर फलोअरलाई ब्लक नगर



ट्रम्पलाई अदालतको आदेश : ट्वीटर फलोअरलाई ब्लक नगर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा उनको आलोचना गर्ने मानिसहरुलाई ब्लक गर्न नपाउने भएका छन्।

मंगलवार अमेरिकाको एक संघीय अदालतले ट्रम्पले ट्वीटरमा उनको आलोचना गर्ने मानिसहरुलाई ब्लक गरेर संविधानको उल्लंघन गरेको फैसला सुनाएको थियो। ट्वीटरमा ६१. ८ मिलियन फलोअर्स रहेका ट्रम्पले अमेरिकी संविधानको पहिलो संशोधन अनुसार कसैलाई ब्लक गर्न नपाउने अदालतको ठहर छ।

म्यानहटनमा रहेको युएस सर्क्युट अफ अपिल्सले कुनै सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो सामाजिक संजालमा संलग्न हुन आउने फलोअर्सहरुलाई ब्लक गर्न नपाउने फैसला सुनाएको हो।

तीन जना न्यायाधीशको संयुक्त इजलासले सर्वसम्मतिले सो फैसला सुनाएको बताइएको छ।

अमेरिकाको न्याय विभागले भने मंगलवारको फैसलाले आफूहरु 'निकै दु:खी' रहेको भन्दै उक्त फैसलाविरुद्ध उचित कदम चाल्ने बताएको छ। यता, ट्वीटर र ह्वाइट हाउसले भने फैसलाका सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन।

सन् २०१८ मा समेत म्यानहटनका जिल्ला न्यायाधीश नाओमी रिसेज बुछवालडले ट्रम्पको अकाउन्ट हर्ने प्रतिबन्ध लगाउनु अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन हुने फैसला सुनाएका थिए। यद्यपि, फैसलामा न्यायाधीशले ट्रम्पलाई आफूले नरुचाएका व्यक्तिको अकाउन्ट म्युट गर्न सुझाव दिएका थिए। अकाउन्ट म्युट गर्दा ट्रम्पले प्रयोगकर्ताको ट्वीट् देख्न सक्दैनन् तर प्रयोगकर्ताले भने ट्रम्पको ट्वीट् हेर्न र यसको जवाफ दिन सक्छन्।

मंगलवारको इजलासले पनि सो फैसलालाई कायम राख्दै ट्रम्पले कुनै पनि अकाउन्ट ब्लक गर्न नसक्ने फैसला सुनाएको हो। गत वर्ष राष्ट्रपति ट्रम्पले सात ट्वीटर प्रयोगकर्तालाई ब्लक गरे पछि 'दी नाइट फस्ट अमेन्डमेन्ट इन्स्टिच्यूट'ले ट्रम्पविरुद्ध मुद्दा दर्ता गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell