PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विषादी परीक्षणबारे भारतीय पत्रको विषयमा गुमराहमा राखेको प्रधानमन्त्री ओलीको गुनासो, भने : मलाई झुटो बनाइयो



पहिलोपोस्ट

विषादी परीक्षणबारे भारतीय पत्रको विषयमा गुमराहमा राखेको प्रधानमन्त्री ओलीको गुनासो, भने : मलाई झुटो बनाइयो

  • कुञ्जरमणि भट्टराई -

काठमाडौं : भारत लगायत अन्य मुलुकबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण नगरी नेपाल भित्र्याउन नदिने निर्णयविरुद्ध भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई 'गुमराह'मा राखेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारतीय पत्र आएको तर उनलाई जानकारी नगराइएको तर्क गरे।

'पत्र आएको रहेछ। मलाई थाहा भएन। जनता सामु मलाई झुटो बनाइयो,' प्रधानमन्त्री ओलीले संघीय मामिला मन्त्रालयले आयोजना गरेको कार्यक्रममा भने, 'यसमा मैले क्षमा माग्नुपर्छ। भारतबाट आएको धेरै दिन अघि नै आएको रहेछ। म लज्जित हुनुपर्ने अवस्था भयो।'

प्रधानमन्त्री ओलीले उनलाई झुक्याउने काम जानाजान हो या लापरवाहीका कारण हो खुलिनसकेको बताए। उनले भने, 'यसबारे म बुझ्नेछु।'

हिजो त्रिवि दिवशमा रातो कार्पेटबाट हिँड्दा सोसल मिडियामा छाएका प्रधानमन्त्री ओलीले त्यसबारे पनि टिप्पणी गर्न भ्याए। 'हिजो हिलो छोप्न कार्पेट राखेका रहेछन्। हिजो पनि र आज पनि म रातो कार्पेटमा नै हिँडेँ,' प्रम ओलीले भने, 'तर आज रातो कार्पेटमा हिँडेको फोटो खिच्न पत्रकार आएनन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell