PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पाकिस्तानमा रेल दुर्घटना: ९ जनाको मृत्यु, ७० बढी घाइते



पाकिस्तानमा रेल दुर्घटना: ९ जनाको मृत्यु, ७० बढी घाइते
फोटो: REUTERS

पाकिस्तानको पञ्जाव प्रान्तमा रेल दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा धेरै घाइते भएका छन्।

वलहर रेलवे स्टेशन बहवलपुरबाट क्वेट्टका लागि छुटेको यात्रुवाहक अकबर एक्सप्रेसको रेलसँग विपरित दिशाबाट आएको एक मालवाहक रेल ठोक्किँदा दुर्घटना भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन्।

अकबर एक्सप्रेसको रेल गलत ट्रयाकमा प्रवेश गरेपछि दुर्घटना भएको हो। दुर्घटना लगत्तै घाइतेहरुलाई उद्धार गरि उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell