PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

छवि र शिल्पाबीच सहमति, सहमति भएपनि अब म वहाँसँग बस्न सक्दिनँ: शिल्पा



पहिलोपोस्ट

छवि र शिल्पाबीच सहमति, सहमति भएपनि अब म वहाँसँग बस्न सक्दिनँ: शिल्पा

काठमाडौं: नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझा बीच सहमति भएको छ। शिल्पाले पति छविराज ओझाबाट असुरक्षित भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन्। बिहीवार महानगरीय प्रहरी परिसरमा दुवैबीच लिखित सहमति भएको हो। निर्माता छविले आफूले घरेलु हिंसा गरेको स्विकार गर्दै माफी मागेपछि सहमति भएको हो।

‘मैले छविलाई घरेलु हिंसाविरुद्ध उजुरी हालेको हो। आफ्नो ज्यान सुरक्षा गराइपाऊँ भनेर उजुरी गरेकी हुँ,' पहिलोपोस्टसँग कुरा गर्दै शिल्पाले भनिन्, 'छविले मेरो घाँटी थिचेपछि म घरबाट भागेकी हुँ।' छविले प्रहरी परिसरमा आफूले घरेलु हिंसा गरेको र अबदेखि यस्तो गल्ती नगर्ने भन्दै माफी मागेपछि सहमति भएको शिल्पाले बताइन्।

 'मिडियामा हाम्रो डिर्भोसको कुराहरु पनि आइरहेका छन् र यही कारणले मैले उजुरी दिएको खबरहरु सार्वजनिक भएका छन्,' डिभोर्सबारेको प्रश्नमा शिल्पाले भनिन्, 'त्यो एकदमै गलत हो।' डिभोर्सको हल्ला गलत भएको बताएपनि शिल्पाले अब आफु छविसँग बस्न नसक्ने बताएकी छिन्।  'हाम्रो सहमति भएपनि उहाँले मलाई जे पनि गर्न सक्नु हुन्छ। त्यसैले उहाँसँग बस्न म सक्दिनँ,' उनले भनिन्।

निर्माता ओझा नायिका रेखा थापाका पूर्व पतिसमेत हुन्। रेखासँग डिभोर्सपछि छवि ओझा शिल्पासँग लिभिङ टुगेदरमा थिए। शिल्पा र छविले २०७३ असार २९ गते सुटुक्क विवाह गरेका हुन्। विवाह गरे पनि उनीहरु आफ्नो सम्बन्धको बारेमा सार्वजनिक रुपमा खुलेर कुरा गर्दैनथे। गत वर्षमात्र उनीहरुको विवाहबारेको वास्ताविकता बाहिरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell