PahiloPost

Jul 18, 2019 | २ साउन २०७६


सञ्चारमन्त्रीलाई कांग्रेसले भन्यो, 'फोटोकपी मन्त्री', प्रधानमन्त्रीले नसम्हाले लगाम उपहार पठाउने कांग्रेस प्रवक्ताको चेतावनी


सञ्चारमन्त्रीलाई कांग्रेसले भन्यो, 'फोटोकपी मन्त्री', प्रधानमन्त्रीले नसम्हाले लगाम उपहार पठाउने कांग्रेस प्रवक्ताको चेतावनी
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाको भनाईप्रति कटाक्ष गर्दै फोटोकपी मन्त्रीको संज्ञा दिएका छन्। आज नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाले कांग्रेसले शान्ति प्रक्रियामा धावा बोलेको आरोप लगाएका थिए।

प्रवक्ता बास्कोटाको भनाई आए लगत्तै कांग्रेस प्रवक्ता शर्माले ट्वीटरबाट जवाफ फर्काएका हुन्। शर्माले ट्वीटरमा लेखेका छन्, 'प्रधानमन्त्रीनै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा तब कुनै `फोटोकपी´ मन्त्रीसंग संस्कारको अपेक्षा कसरी गर्नु? अराजनीतिक बोलिको जवाफ दिंदै हिंड्नु उचित हुन्न। भनाइ छ हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न। प्रधानमन्त्री `लगाम´उपहार पठाउँ कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री?'

सम्बन्धित समाचार

कांग्रेसले शान्ति प्रक्रियामा धावा बोलेको सरकारको आरोप, 'फ्ल्यासब्याक'मा गएर द्वन्द्वको मुख्य प्लेयर खोज्न प्रवक्ता बास्कोटाको आग्रह

सरकार र विप्लवलाई कांग्रेसको चेतावनी : क्रान्ति र शान्तिको नाममा रगतको होली खेल्न बन्द गर



सञ्चारमन्त्रीलाई कांग्रेसले भन्यो, 'फोटोकपी मन्त्री', प्रधानमन्त्रीले नसम्हाले लगाम उपहार पठाउने कांग्रेस प्रवक्ताको चेतावनी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट