PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भोजपुर घटनाबारे विप्लवको विज्ञप्ती, 'सरकार नागरिक हत्यामा उत्रियो'



भोजपुर घटनाबारे विप्लवको विज्ञप्ती, 'सरकार नागरिक हत्यामा उत्रियो'

काठमाडौं: नेत्रविक्रम चन्द विप्लव समूहले बुधबार भोजपुरमा आफ्नो पार्टीका नेताको मृत्युबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ। आज नेकपा सगरमाथा ब्युरो इन्चार्ज अधिकारले एक विज्ञप्ति जारी गर्दै भोजपुर घटनामा मारिएका प्रहरी सञ्जिव राई तीर्थ घिमिरे हत्याको जिम्मेवार भएको आरोप लगाएका छन्।

तीर्थका हत्यारासँग जम्काभेट हुँदा प्रतिरोध गर्ने क्रममा आफ्ना कार्यकार्ता निरकुमार राई ‘प्रशान्त’को मृत्यु भएकोसमेत चन्द समूहको दाबी छ। सुरक्षाकर्मीमाथि आक्रमण नगर्ने पार्टी नीति रहेको र पार्टीको त्यही सदासयतालाई सरकारले दुरुपयोग गरेर देशलाई भिडन्ततिर धकेलिरहेको आरोपसमेत नेकपाले लगाएको छ।

अधिकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार एकपछि अर्को गर्दै नागरिक हत्यामा उत्रिएको छ। भोजपुरका कमरेड तिर्थराज घिमिरेलाई गत जेठ ७ गते भोजपुर टेम्के मयुम गाउँपालिका वार्ड नं. २ दलसिंगेस्थित बाटो हिडिरहेका बेला गिरफ्तार गरी चरम यातना दिई हत्या गर्ने मध्यका मुख्य हत्यारो प्रहरी संजिव राई र उनको टोलीसँग असार २५ गते हाम्रो पार्टी सगरमाथा ब्युरो सदस्य एवंम् ओखलढुङ्गा जिल्ला समितिका सेक्रेटरी कमरेड निरकुमार राई ‘प्रशान्त’ भोजपुर सदरमुकाममा रहेका आफ्नो परिवारसँग भेटघाट सकेर फर्कने क्रममा जम्काभेट हुँदा कमरेड तिर्थराजका हत्यारा प्रहरी संजिव राइको प्रतिरोध गर्ने क्रममा पार्टीका होनहार कमरेड प्रशान्तको शाहदत भएको छ।’

पार्टीले निरकुमारलाई सहिद घोषणा गरेको छ। बुधबार भोजपुरमा विप्लव समूह र प्रहरीबीच भिडन्त हुँदा दुई जनाको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell