PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

घरमा पहिरो खस्दा हजुरआमा र नातिनीको पुरिएर मृत्यु, तीन महिने शिशु र बुहारी घाइते



घरमा पहिरो खस्दा हजुरआमा र नातिनीको पुरिएर मृत्यु, तीन महिने शिशु र बुहारी घाइते

काठमाडौँ: अविरल वर्षाका कारण काभ्रेमा पहिरो खस्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। बनेपा नगरपालिका वडा ३ नालास्थित रामप्रसाद दंगालको घरलाई पहिरोले पुर्दा दुई जनाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा ५५ वर्षीय गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल रहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी जयराम सापकोटाले जानकारी दिए। मृतक हजुरआमा र नातिनी हुन्। पहिरोमा परी ३५ वर्षीया सुजिला दंगाल र तीन महिनाकी बालिका घाइते भएका छन्।

त्यस्तै ललितपुरको वागमती गाँउपालिका वडा नं २ माल्टास्थित बगुवामा घर भत्किँदा एक बालकको मृत्यु भएको छ।

घर भत्किँदा पन्चलाल जिम्बाको ११ बर्षीय छोरा सरोज जिम्बाको मृत्यु भएको स्थानीय प्रकाश लामाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell