PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बाढी पहिरोमा परी ३२ जनाको मृत्यु, १७ जना बेपत्ता



बाढी पहिरोमा परी ३२ जनाको मृत्यु, १७ जना बेपत्ता

काठमाडौं: देशैभरी अविरल परेको बाढी पहिरोमा परी मृत्यु हुनेको सङख्या ३२ पुगेको छ।  त्यस्तै बाढी पहिरोमा परी १२ जना घाइते भएका छन् भने १७ जना बेपत्ता छन्। नेपाल प्रहरीले अहिलेसम्म १ सय ३३ जनाको उद्धार गरेको छ।

बाढी पहिरोमा परेकाको उद्धार र व्यवस्थापनको लागि २७ हजार नेपाल प्रहरी खटाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ। सबैभन्दा धेरै उपत्यकामा ८ हजार ८ सय ५६ जना प्रहरी परिचालन गरिएको छ। प्रदेश नम्बर एकमा ६ हजार ३ सय ५ जना, दुई नम्बर प्रदेशमा ५ हजार ७ सय २ जना, प्रदेश नम्बर तीनमा ३ हजार ४ सय ५ जना र कर्णाली प्रदेशमा ३ हजार १ सय १२ जना प्रहरी खटिएका छन्।

बाढी पहिरोमा परी सबैभन्दा धेरै ललितपुरमा पाँच जना, काठमाडौंमा तीन जना, काभ्रेमा तीन जनाको मृत्यु भएको छ। बाढी पहिरोका कारण देशभर दुई हजार ६५ घरका परिवार विस्थापित भएका छन्।

बाढीले पुर्‍याएको मानवीय क्षति

पर्सा - १ जनाको मृत्यु(निखिल पटेल)
भोजपुर - २ जना मृत्यु (जनक वि.क. र जगत बहादुर राई)
रामेछाप -  १ जनाको मृत्यु (पदम कुमारी सुनुवार)
सिन्धुली - २ जनाको मृत्यु (हेमकुमारी सुनुवार र कार्वन कपारी)
काभ्रेपलान्चोक - ३ जनाको मृत्यु (गोमा दंगाल, सुहावी दंगाल, कृष्णदेवी रायमाझी)
ललितपुर - ६ जनाको मृत्यु (सरोज जिम्वा, अविरल गोले, संन्दिप ल्हो, सुवेश बस्नेत, सिता रानामगर, सानुमैया ल्हो)
काठमाण्डौ - ३ जनाको मृत्यु (सर्मिला यादव, नितु यादव र कुन्दन यादव)
धादिङ्ग - २ जनाको मृत्यु (अस्मिता तामाङ, राजकुमार ठकुरी )
खोटाङ्ग - ३ जनाको मृत्यु (रेखा राई, रोमन राई र रोहन राई)
मकवानपुर –३ जनाको मृत्यु (सन्तमाया बलामी र सानुकान्छा सुनुवार)
बारा – १ जनाको मृत्यु (विक्कु यादव)
ईलाम – १ जनाको मृत्यु (मानाहाङ लावती ) 
झापा – १ जनाको मृत्यु (ऐलिजा न्यौपाने ) 
ओखलढुङ्गा १ जनाको मृत्यु (पासाङफुटी शेर्पा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell