PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जब न्युयोर्क शहर घण्टौंसम्म अन्धकारमा रह्यो

जब न्युयोर्क शहर घण्टौंसम्म अन्धकारमा रह्यो


म्यानहटन: अमेरिकाको न्युयोर्कस्थित म्यानहटन शहरमा शनिवार राति अचानक बिजुली कटौती हुँदा घण्टौंसम्म व्यस्त शहर अन्धकारमा रह्यो।

पावर आउटेज (बिजुली सेवा अवरुद्ध) भएपछि लाखौं मानिस प्रभावित भए। सबवे स्टेसनहरु अन्धकारमै रह्यो भने रेल सेवाहरु रद्द गरिएको थियो। व्यस्त शहरमा आकर्षणको केन्द्र मानिने स्थानहरुमा रहने इलेक्ट्रिक होर्डङ बोर्डहरु बन्द रहे भने सडक बत्तीहरु बलेनन्।  कतिपय स्थानमा विस्फोटका घटनाहरु भएको बताइएको छ।

कोन इडिसनसँगको सहकार्यमा संचालन भइरहेको सबवे प्रणाली नै पावर आउटेजको मुख्य कारण हुन सक्ने अनुमान गरिएको छ।

प्राविधिकहरुले हाल आउटेजको समस्याको अनुसन्धान गरिरहेको र कतिपय स्थानहरुमा बिजुली आपुर्ति सुरु भइसकेको बताइएको छ।

पावर आउटेजको कारणबारे थप अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन्। 

फोटो: AFP/AP/GETTY IMAGES


ट्रेन्डिङ पोस्ट

Ncell