PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नवजोत सिंहद्वारा मन्त्री पदबाट राजीनामा



नवजोत सिंहद्वारा मन्त्री पदबाट राजीनामा
फोटो: NEWS18

पञ्जाव: भारतका सेलिब्रेटी नेता नवजोत सिंह सिद्धुले पञ्जावको मन्त्री पदबाट राजीनामा दिएका छन्।

 सन् २०१७ मा भारतीय जनता पार्टी परित्याग गर्दै उनी भारतीय कांग्रेस प्रवेश गरेका थिए। त्यसपछि भएको विधानसभा निर्वाचनमा उनी कांग्रेसको तर्फबाट पूर्वी अमृतसरबाट विधानसभा क्षेत्रबाट निर्वाचित भएका थिए।

सो निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँदै सरकार बनाएको थियो। क्याप्टेन अमरिन्दर सिंहको नेतृत्वमा बनेको सरकारमा उनी स्थानीय सरकार, संस्कृति तथा पर्यटन मन्त्री बनेका थिए।

यद्यपि, पछिल्लो समयमा सिद्धु र मुख्यमन्त्री सिंहकाबीच द्वन्द बढ्दै गएको थियो। सिंहले सिद्धुले मन्त्रीका रुपमा राम्ररी काम गर्न नसकेको र उनमा मुख्यमन्त्री बन्ने अपेक्षा रहेको आरोप लगाएका थिए। 

सिद्धुलाई उनकै प्रान्त पञ्जावमा लोकसभामा प्रचारप्रसारका लागि समय दिइएको थिएन। पार्टी भित्रै किचलो बढ्दै गएपछि उनले सो विषयमा कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई खबर गराएका थिए। राहुल गान्धीले पनि लोकसभामा बेहोरेरको हारको जिम्मेवारी दिँदै अध्यक्ष पदबाट राजीनामा दिइसकेका छन्।

 

मुख्यमन्त्रीसँग असन्तुष्ट रहेका बीच एक महिना अघि उनको मन्त्रालय परिवर्तन गरिएको थियो। उनलाई पञ्जावको स्थानीय सरकार मन्त्रीबाट उर्जा मन्त्रीको जिम्मेवारी दिइएको थियो। तरपनि उनले मन्त्रालयमा गएर कार्यभार भने समहालेका थिएनन्।

दुई नेताबीच द्वन्दै बढ्दै जाँदा सिद्धुले आज राजीनामा दिएका हुन्। उनले स्थानीय सरकार मन्त्री कै पोर्टफोलियोबाट राजीनामा दिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell