PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विपद् पूर्व तयारीमा कमजोरीकै कारण बाढीपहिरोले क्षति बढायो : गृहमन्त्री थापा



विपद् पूर्व तयारीमा कमजोरीकै कारण बाढीपहिरोले क्षति बढायो : गृहमन्त्री थापा

काठमाडौं: गृहमन्त्री रामबहादुर थापा बादलले देशभर बाढी पहिरोका कारण क्षति बढ्नुमा पूर्व तयारीमै कमजोरी रहेको बताएका छन्। आज सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुसँग गृहमन्त्री थापाले उक्त भनाई राखेका हुन्।

बाढी पहिरोले क्षति बढेको सम्बन्धमा सांसदहरुले सोधेको प्रश्नको उत्तर दिँदै गृहमन्त्री थापाले भने, 'न्युन पूर्व तयारीका कारण क्षति बढी भएको हो। किनभने डुबान हुँदा हामीसँग पर्याप्त डुंगा भएन। र हेलि पनि छैन।'

थापाले प्राकृतिक विपद् मानवीय विपद्का रुपमा आएकोले यसमा मानवीय कमजोरीसमेत रहेको बताए। 'यो मानवीय कमजोरी हो। हाम्रो विकासको नीति अनि आवासको नीति स्पष्ट छैन। मापदण्डबिना जतासुकै बाटो बनाएको छ। यसले पनि बाढी पहिरो बढाएको छ।'

कतिपय ठाउँमा बाँधले पनि जोखिम बढाएको उल्लेख गर्दै गृहमन्त्री थापाले यसलाई मध्यनजर गर्दै विपदपूर्व तयारी राम्रो गर्नुपर्ने र सरकारले यसमा ध्यान दिने बताए।

समितिमा सांसदहरुले उद्धार,राहत र क्षतिपूर्तिमा सरकारले विशेष ध्यान दिन आग्रह गरे। उनीहरुले वास्तविक पीडितसम्म राहत पुर्‍याउनसमेत आग्रह गरे।

छलफलपछि समितिले बाढीपहिरोमा सरकारले देखाएको तदारुकतालाई धन्यवाद दिँदै राहत तीव्र पार्न निर्देशन दिएको छ। त्यसैगरी समितिले औषधिसहितको चिकित्सकको टोली बाढीपहिरोग्रस्त क्षेत्रमा पठाउन र समन्वय बढाउनसमेत सरकारलाई निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell