PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो (अपडेट)



बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो (अपडेट)

काठमाडौँ: अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढी पहिरोमा परी ३६ पुरुष र २४ जना महिलाको मृत्यु भइसकेको छ।

बाढी पहिरोमा परी काठमाडौंमा ३ जना, ललितपुरमा र भोजपुरमा ५/५ जना, ओखलढुंगामा ४ जना, मकवानपुर ४, सिन्धुलिमा ४, खोटाङ र काभ्रे ३/३ जना, उदयपुर, धादिङ, झापा, बारा, पर्सा, मोहत्तरी धनुषा र डोल्पामा २/२ जना तथा ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१ जनाको मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell