PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई प्रदेश सरकारले २ लाख रुपैयाँ दिने



पहिलोपोस्ट

बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई प्रदेश सरकारले २ लाख रुपैयाँ दिने

विराटनगर : अविरल वर्षाबाट उत्पन्न बाढीपहिरोमा ज्यान गुमाउनेलाई प्रदेश नम्बर १ को सरकारले प्रति मृतक परिवार २ लाख रुपैयाँ दिने भएको छ।

प्रदेश नम्बर १ को आइतबार सम्पन्न बैठकले प्रति मृतक परिवार २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजना मन्त्री हिक्मत कार्कीले बैठकको निर्णयका बारेमा जानकारी गराएका हुन् ।
बाढीपहिरोमा परी प्रदेशभरिमा १८ जनाको मृत्यु भइसकेको छ । जसमध्ये सबैभन्दा बढी भोजपुरको पहिरोमा परेर ५ र ओखलढुङ्गाको पहिरोमा ४ जनाको मृत्यु भएको छ ।

त्यस्तै घाइते ९ र बेपत्ता पनि ९ जना नै भएको प्रवक्ता कार्कीले बताए ।

घाइतेहरूको उपचार सरकारी अस्पतालमा भए सबै खर्च प्रदेश सरकारले ब्यहोरिदिने र निजी अस्पतालमा गरिएको भए बिलका आधारमा बढीमा ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।

शनिबार साँझसम्मको तथ्याङ्कअनुसार प्रदेशभरिमा बाढी पहिरोबाट ३ सय ५६ घरपरिवारका १ हजार ८ सय जना विस्थापित भएको कार्कीले जानकारी दिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell