PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दुई जनाको शव फेला, नौ अझै बेपत्ता



रासस

दुई जनाको शव फेला, नौ अझै बेपत्ता
गुगल इमेज

डोल्पा : शनिबार मुड्केचुला गाउँपालिका–१ काँशिला खोलाको बाढीले बगाएर बेपत्ता भएका ११ मध्ये दुई जनाको शव आज फेला परेको छ। नौ जना अझै बेपत्ता छन्।

मुड्केचुला–१ काँशिला गाउँकी ४० वर्षीया चन्द्रकुमारी सार्कीको शव खोलादेखि तीन सय मिटर टाढाको घट्टेखोलाको किनारमा फेला परेको हो। सोही ठाउँका ३८ वर्षीय धनराज बोहराको शव शनिबार फेला परेको थियो। सदरमुकाम दुनैबाट प्रजिअ मुकेशकुमार केशरी, प्रहरी नायब उपरीक्षक अवधेश विष्टसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित ५५ जनाको टोली उद्धारमा खटिएको छ।

‘नौ जनाको अझै पत्ता लाग्न सकेको छैन,’ प्रजिअ केशरीले भने। बेपत्ता हुनेमा १२ वर्षीय धनरुप बोहरा, १२ वर्षीया सारिका बोहरा, १२ वर्षीय वृहस्पति बोहरा, छ वर्षीया यमुना बोहरा, १३ वर्षीया सुना सार्की, २२ वर्षीय पञ्चराम सार्की, ६५ वर्षीय कालीबहादुर बोहरा, २३ वर्षीय लवकुमार रोकाय, सात वर्षीय निर्मल बोहरा र रङ्गी बोहरा रहेका छन्। घटनास्थल सदरमुकाम दुनैबाट दुई दिनको पैदल दूरीमा पर्छ। बाढीले तीन घर, चार पानी घट्ट, काँशिला जलविद्युत् आयोजनाको विद्युत गृहसमेत बगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell